March 24, 2020

मुलुक १ साताका लागि ‘लकडाउन’, अनुमतिप्राप्त व्यक्तिबाहेक अन्यलाई घरबाट निस्कन प्रतिबन्ध

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अवस्थालाई ध्यानमा राख्दै सरकारले मुलुक १ साताका लागि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  टीपी भुसालले लेखेका छन् । 

सोमवार काठमाडौंमा कोरोना संक्रमित भेटिएलगत्तै सरकारले चैत ११ (मंगलवार) बिहान ६ बजेदेखि चैत १८ गते १ सातासम्म सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको हो । 

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले नै १ साताका लागि मुलुक लकडाउन गर्ने निर्णय गरेको भए पनि सरकारले सोमवारमात्र ती निर्णय सार्वजनिक गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सोमवार बेलुकाको पत्रकार सम्मेलनमा बताए । 

आइतवार नेपालसँग सीमा जोडिएका भारत र चीनका अन्तरराष्ट्रिय नाका १ साताका लागि बन्द गर्नेलगायत निर्णय मात्र सार्वजनिक गरिएको थियो । सोमवार टेकुमा एक जना युवतीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि सरकारले एक साताका लागि मुलुकभर लकडाउनको निर्णय सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय