March 22, 2020

सुनसान बन्दै उपत्यकाः भीडभाड गरे ठाउँको ठाउँ कारबाही

कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन लाख नागरिक घर फर्किसकेका छन् । 

सरकारले आजदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द हुने घोषणा गरिसकेको छ । 

उपत्यकाको सडकमा खचाखच हुने सवारी साधन गुड्न छाडेका छन् । मन्दिरमा भीड हुन छाडेको छ । सबै सार्वजनिकस्थलमा सुनसान छन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भीडभाड नियन्त्रण र कालोबजारी अन्त्य गर्न विशेष टोली परिचालन गरिएको बताएका छन् । दाहालका अनुसार प्रहरीको विशेष टोलीले आजबाट अनुगमनलाई तीव्रत दिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय