कोरोना भाइरसको जोखिम फैलिएसँगै छिमेकी मुलुक भारतमा रहेका नेपालीहरू धमाधम स्वदेश फिर्ता हुन थालेका छन् । रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका नेपाली पछिल्ला केही दिनयता नेपाल फर्कने क्रम बढ्दो छ । सरकारले नेपाल–भारत नाकामा आवतजावत कडाइ गरे पनि शनिवार मात्रै ठूलो सख्यामा नेपालीहरू स्वदेश फर्केपछि तिनको स्वास्थ्य परीक्षण गर्न सीमामा रहेका स्वास्थ्यकर्मीलाई चुनौती बनेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भारतसँग जोडिएका नाकाहरूमध्ये शनिवार सबैभन्दा बढी विराटनगरको रानी नाकाबाट १८ हजार नेपाल भित्रिए । यस नाकामा स्वास्थ्यकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहारामा भीड व्यवस्थापन गरिएको थियो ।
भारतीय पक्षले समेत चेकजाँच गरेर मात्रै नेपाल पठाइरहेका कारण चेकजाँच सामान्य तवरले भएको रानी नाकामा स्वास्थ्य परीक्षणमा संलग्न संजयकुमार सिंहले बताए । यसअघि शुक्रवार सोही नाकामा १७ हजार ७ सय ५० जना र बिहीवार २४ हजार १ सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको सिंहले बताए ।
कञ्चनपुरको गड्डाचौकीबाट १४ हजार नेपाली स्वदेश फर्किए । कोरोना संक्रमणबाट जोगिन शनिवार बिहानैदेखि गड्डाचौकी नाकामा ठूलो भीड लागेको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार नेपाल प्रहरी र सशस्त्रको सहारामा भीडलाई व्यवस्थापन गरिएको थियो ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय