कोरोना भाइरसको सन्त्रासका कारण काठमाडौं उपत्यकामा सवारीसाधनको चाप कम हुँदै गएको छ । सरकारले शैक्षिक संघसंस्थाको पठनपाठन तथा परीक्षा स्थगित गरेपछि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या एक्कासि वृद्धि हुँदा उपत्यकामा सवारी चाप कम हुँदै गएको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले विगतको तुलनामा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी र यात्रुको संख्या वृद्धि भएको बताए ।
उपत्यकाबाट बाहिरिनेमा अधिकांश युवा तथा विद्यार्थी , बालबालिका र महिला रहेको प्रहरीले जनाएको छ ।
उपत्यकाबाट बाहिरिने मुख्य नाकामा सवारीसाधनको संख्या वृद्धि भएको छ ।
प्रहरीका अनुसार दसैं, तिहार तथा महाभूकम्प २०७२ को बेलामा जस्तै अहिले यात्रुहरु बाहिरिएको पाइएको छ । बसपार्कका टिकट काउन्टरमा सर्वसाधारणको सामान्य भीड देखि थालेको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय