March 19, 2020

विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स घट्यो

चालू आर्थिक वर्षको माघसम्ममा अर्थतन्त्रका केही सूचकमा सकारात्मक सुधार देखिएको छ भने दुई प्रतिशतभन्दा बढीको मूल्यवृद्धिले उपभोक्तामा थप भार पनि बढेको छ । 

नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको सात महिनासम्मको देशको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार देशको शोधनान्तर अवस्था, विदेशी लगानी र निर्यात व्यापारमा निरन्तर सुधार देखिएको छ तर महँगी तुलनात्मक रूपमा बढेको छ, विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स सामान्य घटेको छ । 

बैङ्कसँग समेत रहेको विदेशी मुद्रासहित नौ महिनालाई वस्तु तथा सेवाको आयात गर्न सक्ने सञ्चिति रहेको छ । जुन अघिल्ला महिनाको तुलनामा केही बढेको अवस्था हो ।

प्रतिवेदन अनुसार प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो माघको तुलनामा करिब दोब्बरले बढेको छ । यस अवधिमा नेपालले १४ अर्ब ३८ करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको छ । अघिल्लो वर्षको माघसम्म यस्तो लगानी पाँच अर्ब १५ करोड रुपियाँ मात्र थियो । यसबीचमा विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स भने सामान्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय