March 19, 2020

चाबहिल–साँखु सडक खण्डः अटेर गरेपछि घरमा डोजर

तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको घरमा डोजर चलाइएको हो ।

स्थानीयवासीले सडक क्षेत्रमा परेका घर नभत्काउँदा सडक निर्माण नै अवरोध भएपछि काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा बुधबार चाबहिल–साँखु सडक खण्डमा पर्ने मूलपानी, थली र डाँछीका सडक क्षेत्रमा पर्ने घरमा डोजर चलाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय