सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्याउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्यवृद्धि लक्ष्यभन्दा माथि जान थालेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन् ।

गत माघसम्ममा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्यवृद्धि उच्च हुन थालेपछि समग्रमा मूल्यवृद्धि बढेको थियो ।
त्यस्तै गैरखाद्य तथा सेवासमूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रहेका ती वस्तुको उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) गत माघसम्ममा ६ दशमलव ८७ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको थियो । ७ महीनाको औसत मुद्रास्फीति ६ दशमलव ४७ प्रतिशत छ ।
नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आवको पछिल्लो ७ महीनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले सबैभन्दा बढी महँगी काठमाडौंमा बढेको देखाएको छ । काठमाडौं उपत्यकाका ७ दशमलव ५८ मूल्यवृद्धि छ भने तराईमा ७ दशमलव २६ प्रतिशत छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय