March 18, 2020

सिंहदरवारमै अग्नी र गणेशको भनाभन

काठमाडौं ,चैत ५, २०७६sharethis sharing button

पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्नेमात्रै हो ।

महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा  । नयाँ महासचिव सिफारिसबारे राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले डेढ महिनाअघि सभामुख निर्वाचित अग्नी सापकोटासँग कुरा गर्न चाहेका थिए ।

अग्नीले आइतबार मनोहर अवकासमा जाने दिन गणेश तिम्सिनालाई बोलाएर भने, ‘साथीहरुले अहिले गोपाल योगीलाई कार्यवाहक बनाऔँ भन्नुभएको छ ।’ गणेश बम्किए, ‘यस्तो मनलाग्दी नगर्नुहोस् न कमरेड, सिस्टम हुन्छ, पार्टी छ, सल्लाह गर्नुपर्छ । अन्तिम समयमा यसो गर्ने भइयो भनेर म तपाईंको बोधार्थ बुझ्न बसेको हुँ र ?’

अग्नीले सम्झाउन खोज्दै गर्दा गणेश जुरुक्क उठेर निस्किए । गणेश बाहिरिएको केही बेरमै कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे पुगिन् । उनले थपिन्, ‘संसद चलाउनेजस्तो संवेदनशील कुरा छ । न महासचिव बनाउन उमेर पुग्छ, न क्षमताले भ्याउँछ । तपाईंहरुलाई मन लाग्दैमा हुन्छ ?,’ उनले भनिन् ।

खासमा पार्टी नेताबीच संसद सचिवालयमा कार्यरत सचिव डा. भरत गौतमको नाम सिफारिस गर्ने सल्लाह रहेछ । संसद सचिवालयमा कार्यरत तीन सचिवमध्ये सबभन्दा सिनियर पनि उनै हुन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनासँग केही साताअघि मात्रै अग्नी सापकोटाको भनाभन चलिसकेको थियो, इन्टरनेसनल पार्लियामेन्ट युनियनको बैठकमा जानेबारे । गणेशले म जान्छु भनेपछि अग्नीले भनेका थिए, ‘तपाईं आफ्नो मर्यादामा बस्नुहोस् मेरो काममा इन्टरफेयर नगर्नुहोस् ।’

त्यसपछि गणेशले चर्कदै भने, ‘मलाई मर्यादा सिकाउने ? लु, संविधान निकाल्नुहोस्, राष्ट्रियसभा अध्यक्ष कहाँ हुन्छ, सभामुख कहाँ हुन्छ ?’ आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन