March 14, 2020

कोरोना भाइरसः २६ को मृत्यू, एक नेपालीसहित ९ सय १३ मा संक्रमण

 

काठमाडौं, ११ माघ । छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको जटिल कोरोना भाइरस नेपाललगायत विश्वभर फैलिन थालेको छ ।

 

नेपालमा यो रोगको संक्रमण फैलिने क्रममा एक जना नेपाली प्रभावित भएका छन् भने अन्य व्यक्तिसमेत प्रभावित हुन सक्ने भय बढेको छ । कोरोनाको संक्रमणबाट पीडित भएका ती नेपाली केही दिनअघि मात्रै उहानबाट नेपाल आएका थिए । उनी विद्यार्थी हुन् ।

 

ती विद्यार्थीको रगतको नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । उनको नमुना परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । चिकित्सकका अनुसार संक्रमण भएको एक सातासम्म थाहा हुँदैन ।

 

चीनको उहान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लूएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको हो । यस्तै, चीनबाट भर्खरै फर्किएका अर्का एक जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उच्च निगरानीमा राखिएकाले उनलाई पनि कोरोना भाइरस भएको हुन सक्ने आशंका गरिएको छ ।

 

उनको पनि रगत परीक्षणको नमुना आज शनिबार नै हङकङ पठाउने तयारी गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।

 

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २६ जनाको मृत्यु भएको छ । जसमध्ये चमेरोको मासु खाएर १३ जना, चाइनिज कोब्राको मासु खाएर नौ जना र मानिसबाट मानिसमा सरेर चार जनाको मृत्यु भएको उहान प्रान्तमा रहेका छाङ्सा युनिभर्सिटी मेडिकल कलेजका अन्तर्राष्ट्रिय कोर्डिनेटर तथा सल्लाहकार डा. रमेश आचार्यले जानकारी दिए । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय