नागढुुंगा सुरुङमार्ग आयोजनाले सुरुङ खन्न अति आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको टुंगो लागे उक्त कार्य छिट्टै थालिने जनाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलले उक्त पदार्थ किन्नका लागि फाइल उठाई जिल्लास्तरीय सुरक्षा समिति, गृह, रक्षा मन्त्रालय र जंगी अड्डामा पठाइए पनि सहमति हुन बाँकी रहेकाले दुई महिनादेखि जंग्गी अड्डामा रहेको बताउँदै भने, ‘यही महिनाभित्र सहमति नभए कार्यतालिकामा असर परी काममा ढिलाइ हुँदा ठेकेदारले क्षतिपूर्ति दाबी गर्न सक्ने अवस्था आउँछ ।’
स्रोतका अनुसार सेनाले एक दिन पनि नरोकी निरन्तर आयोजनाको काममा उत्पादन दिने, बंकर सुरक्षालगायत चाहिने सुविधा पुर्याउँने, महँगो भए रकममा विचार गर्ने भनी ठेकेदार पक्षलाई विश्वस्त पारेको थियो ।
तर सेनाको उत्पादनमा उत्कृष्ट र गुणस्तर भएको आधार खोज्दै ठेकेदार पन्छिरहेको छ । सेना भने आफ्नै उत्पादन विकाउन लागिपरेको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय