March 1, 2020

माथिल्लो तामाकोशी आयोजनाः पेनस्टक जडानको काम आधा सकियो

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनको परीक्षण गरिने भएको छ । चैत महीनाको प्रारम्भमा नै आयोजनाको जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने भएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  नवराज शिवाकोटीले लेखेका छन् । 

फागुन महीनामा आवश्यक प्राविधिक कार्यहरू सम्पन्न गरी चैत महीनाको प्रारम्भमै जलाशय तथा डिसेल्टिङ बेसिनमा पानी पठाई परीक्षण गरिने माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए ।

आयोजनाको कठिन काम मानिएको माथिल्लो तथा तल्लो भर्टिकल साफ्ट (ठाडो सुरूङ) मा पेनस्टक जडान गर्ने काम अहिले चलिरहेको प्रवक्ता न्यौपानेको भनाइ छ । उनका अनुसार फागुन १५ गते सम्ममा ३७३ मीटरको तल्लो भर्टिकल साफ्टमा २३० मीटर तथा ३१० मीटरको माथिल्लो भर्टिकल साफ्टमा १४० मीटर पेनस्टक पाइप जडान सम्पन्न भएको छ । 

प्रतिशतका हिसाबले तल्लो भर्टिकल साफ्टमा ६१ दशमलव ६६ तथा माथिल्लोमा ४५ दशमलव १६ प्रतिशत पेनस्टक जडान भएको छ । समग्रमा कुल ६८३ मीटर लामो भर्टिकल साफ्टमा फागुन १५ गते सम्ममा ३७० मीटर पेन स्टक पाइप जडान सम्पन्न भएको छ । जुन भर्टिकल साफ्टको कुल लम्बाइको ५४ दशमलव १७ हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय