फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ ?
आफ्नै नातागोता र छरछिमेकका हजुरआमालाई उहाँले सोध्नुभयो, किन शिशुको भोटोमा भित्री राख्नुपर्छ ? किन तुना हाल्नुपर्छ, टाँक राख्न मिल्दैन ? शिशु सुताउने तकियामा किन तोरीका दाना हाल्नुपर्छ ?
भोटोको भित्रीका मुख्य दुई काम रहेछन् गर्मी हुँदा यसले पसिना सोस्छ । बाहिरको खस्रो कपडाबाट बालबालिकाको नरम छाला जोगाउँछ । टिकाउका लागि बाहिरी कपडा भित्रीभन्दा अलिक खस्रो नै चाहिन्छ । टाँक लगाउनु हुँदैन । बालबालिकाले खेल्दाखेल्दै निल्न सक्छन् । तुना भयो भने सजिलै सानोठूलो बनाउन मिल्छ र टिकुन्जेल लगाइदिन पाइन्छ । यो समाचार आजको गोरखापत्र दैनिकम यलु जोशीले लेखेकी छिन् ।
शिशुका भोटो र दौरासुरुवाल सिलाउन सुती कपडा खोजिन्छ किनकि यो पूर्णतः प्राकृतिक हुन्छ र शिशुले चपायो, निल्यो नै भने पनि पचाउन सक्छ । तकियाभित्र भरिने तोरीका दानाले शिशुको टाउको सही आकारमा विकसित हुन मद्दत गर्छ । हेर्दा उस्तै देखिने कोदो वा अन्य दाना हाल्नुहुँदैन । तिनीहरू तोरी जस्ता नरम हुँदैनन् । कोदो त छिट्टै धुलिन्छ र खार लाग्छ । त्यसले शिशुको स्वास्थ्यमा असर पर्न सक्छ ।
पोषणविद् डा.अरुणा उप्रेती नेपाली मौलिकताको लुगा टिकाउ हुनुका साथै पूर्णरूपमा प्राकृतिक हुने भएकाले पुनः प्रयोग गर्न मिल्छ । तोरीको तकियाले बालबालिकाको टाउको मिलाउन मद्दत गर्छ भन्छिन् ।
यस्तै हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारेले नवजात शिशुको हड्डी धेरै नरम हुने भएकाले सानोमा जस्तो आकार दियो त्यस्तै हुने जानकारी दिँदै तोरीको तकियाले शिशुको टाउको मिलाउन मद्दत गर्छ भने।
उनले बजारमा पाइने टोपीभन्दा पनि नेपाली मौलिक टोपी तुना बाँध्ने खालको चाहिन्छ । जसले टाउको गोलो बनाउनुका साथै चिसोबाट पनि बचाउँछ भने ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स