चीन सरकारलाई उपहारस्वरुप दिइएको दुई जोडीमध्ये एक गैँडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई चाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सोल्टीको मृत्युपछि मितिनी एक्लिएकी छिन् । आजको राजधानी दैनिकमा समाचार छ ।

‘गैडा मृत्यु भएको सामान्य जानकारी मात्र आएको छ,’ विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ‘यसबारे बुझ्न टोली पठाउने तयारी भएको छ । त्यहाँ पुगेर नबुझी मृत्युबारे थप भन्न सकिँदैन ।’ यद्यपि विभागका एक कर्मचारीका अनुसार सोल्टी गैँडाको पेटको समस्याका कारण मृत्यु भएको हो ।
नेपालले ‘सोल्टी’ र ‘मितिनी’ अघि ‘रुपसी’ र ‘भद्र’ नामक जोडी गैडालाई चिमे लङ सफारी पार्कमा पठाएको थियो । त्यहाँ पठाइएका अन्य तीन गैँडाको अवस्था भने सामान्य रहेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।
नेपाल र चीनबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदानका साथै सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले २६ असार २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले चीनलाई चीनलाई दुई जोडी एकसिंगे गैँडा उपहार दिने निर्णय गरेको थियो ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स