नेपाल सरकारले नेपाल प्रहरीका कर्मचारीलाई प्रदेशस्तरमा समायोजन गर्ने गरी ऐन ल्याएपछि गृहमन्त्रालयले आगामी वैशाखभित्रै समायोजन सक्ने गरी तयारी अघि बढाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

ऐन लागू भएको एक महिनाभित्रै प्रदेश तथा केन्द्रको दरबन्दी तय गर्नुपर्ने प्रावधान अनुसार गृहमन्त्रालयले दरबन्दी यकिन गर्न तयारी अघि बढाएको हो । प्रहरीको समायोजनसम्बन्धी नयाँ ऐन ६ फागुनबाट लागू भइसकेको छ । ऐनमा उल्लेख भएअनुसार ७ चैतभित्रै समायोजनको प्रक्रिया सुरु गर्नुपर्नेछ ।
समायोजनका लागि गृहसचिव महेश्व न्यौपानेको अध्यक्षतामा संगठन संरचना तथा दरबन्दी कायम गर्न बनेको समितिले मङ्गलबारबाट काम सुरु गरिसकेको छ । मङ्गलबार बसेको समितिको पहिलो बैठकले समायोजन र दरबन्दीबारे छलफल अघि बढाएको हो ।
गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालय र प्रदेश सरकारसँग आवश्यक पर्ने दरबन्दीसमेत मागेको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय