February 26, 2020

कीर्तिपुर, भक्तपुरलगायत यी हुन् नेपालका सबैभन्दा प्रदुषित १० शहर

हावाको गुणस्तर मापन गर्दै आएको स्वीस तथा अमेरिकी कम्पनी आइक्युएयरले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालको प्रदुषण सन् २०१९ मा घटेको छ । यो खबर आजको आर्थिक अभियानमा प्रकाशित छ ।

प्रतिवेदनले गत वर्ष नेपालको जनसंख्याको आधारमा हुने प्रदूषण घटेको देखाएको हो । आइक्युएयरले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको हावाको गुणस्तर संवेदनशील केही समूहका लागि अस्वस्थकर देखिएको छ ।

सन् २०१९ मा नेपालमा हावाको गुणस्तर मापक पीएम स्केल पीएम २.५ औसत ४४ दशमलव ४६ मायक्रोग्राम प्रति वर्गमिटर थियो । सन् २०१८ मा यो सूचक ५४ दशमलव १६ माइक्रोग्राम प्रति वर्गमिटर थियो । यसले नेपालमा हावाको गुणस्तरमा सुधार भएको देखाएको छ ।

आइक्युएयरको तथ्यांक अनुसार नेपालको सबैभन्दा प्रदूषित शहर काठमाडौं हो । काठमाडौंको हावाको गुणस्तर सूचक (एक्युआई) १३४ छ । काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा पनि १३७ औं स्थानमा छ ।

दोस्रो प्रदुषित शहर वीरगञ्ज हो । वीरगञ्जको हावाको गुणस्तर सूचक १२८ छ । यीबाहेक नेपालका शीर्ष १० प्रदूषित शहरमा सिद्धार्थनगर, धनकुटा, कीर्तिपुर, बुटवल, भक्तपुर, भरतपुर, पोखरा र तुलसीपुर छन् ।

यस्तै, सन् २०१९ मा भारतीय शहर विश्वभर सबैभन्दा प्रदूषित देखिएका छन् । प्रतिवेदनले सार्वजनिक गरे अुनसार सबैभन्दा प्रदुषित २० शहरमा १४ ओटा भारतीय शहर छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय