भूकम्पले क्षतिग्रस्त नेपाली सेनाको मुख्यालय निर्माणमा खटिएका सब कन्ट्रयाक्टर र कामदारले पैसा नपाएपछि आन्दोलनमा उत्रिएका छन् । २ वर्ष ९ महिनामा निर्माण सम्पन्न भएको उक्त भवन हस्तान्तरण भएको पनि लामो समय बितिसक्दा पनि निर्माण कार्यमा खटिएकाले भुक्तानी नपाएपछि सैनिक मुख्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन् । आजको नेपाल समाचापत्र दैनिकमा समाचार छ ।

गत असार देखि मुख्यालय सञ्चालनमा आएको भए पनि निर्माण कार्यमा खटिएकाले भने भुक्तानी नपाएका हुन् । पैसा नपाएका कामदार र सब कन्ट्राक्टरहरुलाई नेपाली सेनाले मुख्य ठेकेदारलाई रकम भुक्तानी गरिसकेको बताएको छ भने ठेकेदारले भने सेनाले पैसा नै नदिएको बताउँदै आएपछि उनीहरु अलमलमा परेका थिए ।
उिक्त सैनिक मुख्यालय बनाउन ३ अर्ब ५१ करोडमा केसी कन्ट्रक्सनले जिम्मा लिएको थियो । निर्माणको जिम्मा केसीले साना ठेकेदारलाई दिएको थियो । तिनै साना ठेकेदारले मजदुर लगाएर गरेको कामको भुक्तानी नपाएपछि आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय