February 25, 2020

नागढुंगा–नौबीसे सुरुङमार्ग : आयोजनाको ठेक्का पाएको कम्पनीका कर्मचारीहरू दुई महिनादेखि कामविहिन

शिलान्यास भएको ४ महीना बितिसक्दा पनि मुलुककै पहिलो सुरुङमार्गका रूपमा प्रचारित नागढुंगा–नौबीसे सुरुङमार्गको निर्माणको काम अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते शिलान्यास गरेका यस सुरुङमार्ग निर्माणको आधारभूत कामहरू नै हुन सकेका छैनन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  हिमा वि.क.ले लेखेकी छिन् ।

सरकारकै असहयोगका कारण जग्गाप्राप्ति, साइट क्लियरेन्स, विस्फोटक पदार्थ आयात, उपकरण खरीदको स्वीकृति, बंकर निर्माण, सैनिक बस्ने क्याम्पका बारेमा निर्णय हुन सकेको छैन । सुरुङमार्गको मुख्य निर्माण शुरू हुनुअगावै अर्थात् कात्तिकपछिका ३ महीनामा यी कामहरू सम्पन्न भइसक्नुपर्ने थियो । 

मे अर्थात् जेठको दोस्रो हप्तादेखि सुरुङको प्वाल पार्ने काम शुरू गर्ने समयतालिका भए पनि यिनै कारणले तोकिएको समयमा उक्त काम शुरू हुन गार्‍हो हुने देखिएको छ । 

निकै तामाझामका साथ गरिएको शिलान्यास कार्यक्रममा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्ग निर्माण ३६ महीनामै सम्पन्न गरिने बताएका थिए । 

तर, सरकारले नीतिगत स्वीकृति दिन ढिला गरिदिँदा र त्यस क्षेत्रका सभासद्ले पनि पहल नगर्दा आयोजनाको ठेक्का पाएको हाज्मा÷आन्दो कर्पाेरेशन कम्पनीका कर्मचारीहरू २ महीनादेखि काम नगरी बसेका छन् भने उपकरणहरू प्रयोगविहीन अवस्थामा छन् । 

सम्झौताअनुसार कम्पनीले रू. ४०–५० करोड दाबी गर्ने बेला भइसकेको आयोजना निर्देशक श्याम खरेलले बताए । आयोजनाको काम शुरू नहुँदा अहिले नै निर्माण कम्पनीले तोकिएको समयभन्दा थप २ महीना म्याद थप्नुपर्ने माग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स