February 21, 2020

नेप्सेमा हालसम्मकै उच्च कारोबार

बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीवार रू। २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार भयो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रजिता बुढाथोकीले लेखेकी छिन् ।

यस अघि २०७३ साउन ११ गते रू। २ अर्ब ७५ करोड बराबरको कारोबार भएको थियो । नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी २ अर्बभन्दा बढी नाघेको यो १९औं पटक हो । 

बिहीवार नेप्सेमा १८० कम्पनीको ५८ लाख २९ हजार ५१० कित्ता शेयरको किनबेच भयो । साथै, नेप्से परिसूचक पनि २२ महीना यताकै उच्च १ हजार ४३४ दशमलव ५७ विन्दुमा पुग्यो । यसअघि २०७५ वैशाख ९ गते नेप्से परिसूचक १ हजार ४३८ दशमलव ४९ विन्दु रहेको थियो । त्यसयता, निरन्तर ३ वर्षभन्दा बढी ओरालो लागेको धितोपत्र बजारमा पछिल्लो केही समययता उकाले लाग्ने क्रममा छ ।

बिहीवार कारोबारको सबैभन्दा ठूलो अंश शिवम् सिमेन्टले ओगटेको छ । शिवम्को २ लाख ५६ हजार ९०२ कित्ता शेयरको किनबेच हुँदा रू। १७ करोड २ लाख १३ हजार बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय