February 20, 2020

सुनको मूल्य तोलाको ८० हजार पुग्ने अनुमान

चीनमा  फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै गएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

अहिले भने कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय व्यापार प्रभावित भएपछि विश्वबजारमै सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले देखाउँछ । साथै, आगामी दिनमा सुनको मूल्य थप बढ्न सक्ने महासंघको अनुमान छ ।

मंगलवार विश्व बजारमा सुनको मूल्य प्रतिऔंस (२.६६ तोला) १५८७ डलर थियो । तर बुधवार भने त्यो बढेर प्रतिऔंस १६०८ डलरसम्म पुगेको छ । फलस्वरूप नेपालमा पनि सुनको मूल्य प्रतितोला ७७ हजार १०० पुगेको छ, जुन हालसम्मकै महँगो हो ।

नेपालले अन्तरराष्ट्रिय बजारबाटै सुन आयात गर्ने हो । नेपालमा सुनको मूल्य अन्तरराष्ट्रिय बजार अनुसार नै निर्धारण हुन्छ र अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ । यसअघि सुनको मूल्य माघ १९ गते प्रतितोला रू. ७६ हजार ५०० पुगेर नयाँ रेकर्ड राखेको थियो । त्यसपछि भने रू. ७५ हजारको हाराहारीमा झरेको थियो । अहिले भने उक्त विन्दु पनि तोडेर नयाँ कीर्तिमान राखेको छ । 

महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले नेपालमा सुनको मूल्य प्रतितोला रू. ८० हजारसम्म पुग्ने अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय