सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानलाई आवश्यकता र औचित्यका आधारमा वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि स्थानीय र प्रदेशलाई प्रदान गर्ने अनुदान खर्चको आवश्यकता र औचित्यका आधारमा मात्र प्रदान गर्न लागिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अनुदान व्यवस्थित नभएको गुनासो आइरहेका बेला राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने अनुदान आवश्यकता र खर्च गर्नसक्ने क्षमताका आधारमा प्रदान गर्न लागेको जनाएको छ । सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय अनुदानका लागि कानुनमा उल्लेखित निश्चित मापदण्डका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा मात्र प्रदान गर्न पाउने संवैधानिक व्यवस्था छ ।
प्रदेश र स्थानीय तहको खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमताको विश्लेषण गर्दा वित्तीय अन्तर पत्ता लाग्ने सोका आधारमा सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान प्रदान गर्न अध्ययन भइरहेको छ ।
अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐनमा आयोगले स्थानीय र प्रदेशलाई वित्तीय समानीकरण अनुदान प्रदान गर्दा खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमताको आधार प्रदान गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आयोगले प्रदेश र स्थानीय तहको खर्चको आवश्यकता र राजस्व उठाउन सक्ने क्षमता पत्ता लगाउन अध्ययन गर्ने काम भइरहेको बताए ।
सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई कुनै योजना कार्यान्वयन गर्न सशर्त अनुदान, प्रदेश र स्थानीय तहको पूर्वाधार विकाससम्बन्धी योजना कार्यान्वयन गर्न समपूरक अनुदान र प्रदेश र स्थानीय तहबाट सञ्चालन गरिने खास योजनाका लागि विशेष अनुदान प्रदान गर्ने कानुनी व्यवस्था छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय