सर्वोच्च अदालतले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडानको बाटो खोलेको २ महीना बितिसक्दा पनि यातायात व्यवस्था विभागले काम अघि बढाउन सकेको छैन । नम्बर प्लेटमा कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा सरोकारवाला निकाय नै स्पष्ट नभएपछि यो काम अघि बढ्न नसकेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।
सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग विरुद्धको रिट खारेज गरेसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई नम्बरप्लेट जडानको काम अघि बढाउन निर्देशन दिएको थियो । तर, हालसम्म विभागले उक्त काम अघि बढाएको छैन ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले सर्वोच्चको निर्णयको पूर्णपाठ आइनसकेकाले काम अघि बढ्न नसकेको बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय