भ्वाइस सेवाका लागि नियामकले निर्धारण गरेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले चलायमान सवारीसाधनमा उपकरणको माध्यमबाट गरेको ‘ड्राइभ टेस्ट’ले तोकेको समयभित्र सेवा प्रदायकको फोन कल स्थापना हुन नसकेको देखाएको हो ।
दमक नगरपालिका र इलाम नगरपालिकामा पुसको अन्तिममा देशका प्रमुख सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको भ्वाइस सेवा परीक्षण गरिएको थियो ।
प्राधिकरणले पाँच सेकेन्ड अथवा सोभन्दा कम समयभित्र फोनकल स्थापना हुनुपर्ने मापदण्ड तोके पनि दमकमा नेपाल टेलिकमको ९.३६ सेकेन्ड, एनसेलको ६.४५ र स्मार्ट टेलिकमको ८.०२ सेकेन्डमा मात्रै कल स्थापना भएको छ । इलाममा नेपाल टेलिकमको ९.५७ र एनसेलको ७.५८ सेकेन्डमा कल स्थापना भएको पाइएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय