February 13, 2020

डेढ खर्बले घट्यो बजेट

सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

बुधबार चालू आर्थिक वर्ष २०७६र७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजित रकमको ९०.४ प्रतिशत हो ।

बजेटको आकारसँगै चालू, पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालूतर्फ नौ खर्ब चार अर्ब ४६ करोड आठ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो । यसअघि सरकारले बजेटमा नौ खर्ब ५७ अर्ब १० करोड रुपियाँ चालू खर्च गर्ने लक्ष्य राखेको थियो ।

त्यस्तै चार खर्ब आठ अर्ब ५९ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा यसलाई संशोधन गर्दै तीन खर्ब २६ अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ । वित्तीय खर्चतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड रुपियाँ खर्च गर्ने लक्ष्य रहेकामा अर्धवार्षिक समीक्षामार्फत यसको आकार एक खर्ब ५४ अर्ब ६९ करोड रुपियाँ पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय