February 12, 2020

वीरगञ्ज सुक्खा बन्दरगाहको ठेक्का रकम ४ गुणा बढ्यो

डेढ दशकमा वीरगञ्ज सुख्खा बन्दरगाहको ठेक्का रकम ४ गुणा बढेको छ । सन् २००४ मा ५३ करोड रुपैयाँमा लागेको बन्दरगाह व्यवस्थापनको ठेक्का रकम आगामी ५ वर्षका लागि कम्तीमा २ अर्ब ४० लाख रुपैयाँ राखेर आह्वान गरिएको छ । यो खबर आजको आर्थिक अभियानमा ओमप्रकाश खनालले लेखेका छन् ।

1-line_birgunj_eOSxD8zOec

ठेक्काका लागि पाँचओटा भारतीय कम्पनीले आवेदन दिएको नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) का उपनिर्देशक हरेकृष्ण मिश्रले बताए । मिश्रका अनुसार अहिले ती कम्पनीको प्रस्ताव अध्ययन भइरहेको छ ।

भारतीय रेलवेको भगिनी संस्था भारतीय कन्केटर निगम लिमिटेड (कोन्कर) पनि यस पटक प्रतिस्पर्धा गरेको छ । अहिले यो बनदरगाह कोन्करको ४० प्रतिशत साझेदारी रहेको हिमालयन टर्मिनलले सञ्चालन गरिरहेको छ । यो कम्पनीले सन् २००४ देखि बन्दरगाह सञ्चालन गर्दै आएको छ ।

यसपटक आम्दानी लिजिस्टिक्स लिमिटेड, प्रिस्टाइन लिजिस्टिक्स, जेएम बक्सी समूह र अपना लिजिस्टिक सोलुसन–जगदम्बा जेभीले पनि टेन्डर हालेको एनआइटीडीबीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय