प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहिबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही अघि बढाउनासाथ प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
त्यसलगत्तै सभामुख सापकोटाले तीनपटक बैठक अवरुद्ध भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे प िसम्भव भएन ।
सभामुखमा निर्वाचित भएपछि आफूलाई बधाई दिँदा सदन सञ्चालन निष्पक्ष होस् भनी कांग्रेसका सांसदहरुले दिएको सुझाव स्मरण गर्दै उनले सदन चल्न दिन अनुनयविनय गर्दा पनि हल्ला गरिरहे ।
तैपनि सभामुख सापकोटा बोल्न छोडेनन् । उनी बालिरेह, ‘दुईपटक सदनमा धारणा राखिसक्नुभयो । त्यसैले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद् अवरुद्ध गरिरहनुको औचित्य रहँदैन । सर्वोच्च जनप्रतिनिधि संस्था भएकाले आफ्नो सरोकार दलका भनाइ राख्नु पनि पर्छ तर दुई दिनसम्म तपाईंहरुले राख्नु पनि भएको छ, जनप्रतिनिधिमूलक थलो संसद्लाई गतिशील र चलायमान बनाइराख्नुपर्छ ।’
दुईवटा बैठकमा कांग्रेसका सांसदहरुलाई बोल्ने समय उपलब्ध गराएका सभामुख सापकोटाले आइतबार भने बोल्न नदिए पनि कांग्रेस सांसदहरु आआफ्नै ठाउँबाट उठेर बोलिरहे ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय