February 9, 2020

रोकिएको एक महिनापछि फेरि पाप आयल निर्यात सुचारु

भारतले आफ्ना आयातकर्तालाई नेपालबाट प्रशोधित पाम आयल आयात गर्न अनुमति दिएसँगै १ महीनादेखि रोकिएको भारततर्फको पाम आयल निर्यात सुचारु हुने भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  ओमप्रकाश खनाल, मिलन विश्वकर्मा र वेदराज पौडेलले लेखेका छन् ।

भारतको वैदेशिक व्यापार निर्देशनालयले भारतीय आयातकर्तालाई नेपालबाट पाम आयल ल्याउन अनुमति दिएको हो । यससँगै १ महीनादेखि रोकिएको प्रशोधित पाम आयलको भारत निकासी खुलेको छ ।

भारतका आधा दर्जन व्यवसायीले आयातको अनुमति लिइसकेको वीरगञ्जको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिका सञ्चालक प्रभुदयाल अग्रवालले बताए । आयात अनुमति लिए पनि नेपालबाट अहिलेसम्म निकासी भने शुरू भएको छैन । 

सीमावर्ती भारतीय रक्सौल भन्सारमा प्रक्रियागत कागजात पुर्‍याउन नसकिएकाले निकासी नभएको अग्रवालले बताए । सोमवारदेखि निर्यातको तयारी भएको एक उद्योगीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय