पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो । गोरखापत्रमा खबर छ ।

कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप लगाउँदै आएका छन । राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समितिका संयोजक विष्णु खड्काले पछिल्लो दुई महिनामा चल्ला र दानामा मूल्यमा सहनै नसक्ने गरी कार्टेलिङ भएको आरोप लगाए ।
उनका अनुसार अहिले प्रतिक्विन्टल दानाको मूल्य तीन हजार ६०० रुपियाँ रहेको छ । पछिल्लो एक वर्षमा दानाको मूल्यमा ८५० रुपियाँ बढेको छ । सो अवधिमा प्रतिचल्ला ३० रुपियाँ पाइने गरेकोमा अहिले बढेर प्रतिचल्ला ७० रुपियाँ पुगेको छ ।
यसको बजार केही व्यापारीहरूमा नियन्त्रित र बजार अनुगमन प्रभावकारी हुन नसकेकाले यो समस्या आएको भन्दै अध्यक्ष खड्काले भने, “बजार अनुगमन गरेर कारबाही गर्नुप¥यो नि खै अनुगमन । ” सरकारको काम उद्योगीले नाफा खाएको र किसानले घाटा खाएको साक्षी बस्नेबाहेक अन्य कुनै काम नभएको उनको आरोप छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय