युरोपेली देश स्विटजरल्याण्ड विश्वको सबैभन्दा महँगो देश बनेको छ । ८६ लाख आवादी रहेको सुन्दर देशहरुमध्यको एक स्विटजरल्याण्ड सबैभन्दा महँगा देशहरुको सूचीमा पहिलो स्थानमा परेको हो । त्यसैगरी करिब ५४ लाख आवादी रहेको देश नर्वे उक्त सूचीमा दोस्रो स्थानमा र ३ लाख ६३ हजार जनसंख्या रहेको आइसल्याण्ड तेस्रो स्थानमा परेको छ । यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ ।

महँगो देशको सूचीमा नेपाल १ सय २२ स्थानमा परेको छ भने सस्तो देशको सूचीमा यो ११ औं स्थान हो । सबैभन्दा महँगो एसियाली देश जापान उक्त सूचीमा चौथोमा परेको छ । त्यसलाई पछ्याउँदै सिंगापुर नवौं स्थान र दक्षिण कोरिया १० औं स्थानमा परेका छन् । त्यसैगरी दोस्रो ठूलो अर्थतन्त्र भएको चीन महँगो देशको यो सूचमा निक्कै तल ८० औं स्थानमा परेको छ भने अमेरिका २० औंमा छ ।
विश्वको सबैभन्दा सस्तो देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा परेको छ भने दोस्रोमा अफगानिस्तान र तेस्रोमा भारत परेका छन् । अमेरिकाको आर्थिक अखबार सीइओ वर्ल्डले विश्वका १ सय ३२ देशको सर्वेक्षण गरी उक्त सूची जारी गरेको हो ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स