अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा लेखेको छ ।

प्रहरीले एउटा अपार्टमेन्टको शयन कक्षमा फेला पारेको सो जिब्रोको टुक्रा ती पीडितको जिब्रोमा डाक्टरले प्रत्यारोपण गरेका छन् । मिचिगनका वकिलहरुले डेट्रोइट निवासी ती महिलाले चुम्बन गर्दा जिब्रो प्रयोग नगर्न ती पुरुषलाई आग्रह गरेको बताएका छन् ।
यो घटना गत २८ जनवरीमा भएको बताइएको छ । मिचिगनको सेन्टर लाइन स्थित ती पीडित पुरुषको कोठामा आपसी सहमतिमै चुम्बनको कार्य सुरु भए पनि महिलाले जिब्रो प्रयोग नगर्न भनेकी थिइन् । वेजजर्थले चुम्बन गर्दा आफ्नो मुखभित्रको जिब्रो राखेपछि ती पुरुषलाई यसो नगर्न भन्दै चुम्बन कार्य रोकेकी थिइन् ।
तर पुनः चुम्बन गर्दा उनले पहिलेकै गल्ती दोहोर्याएपछि वेजवर्थले रिसाएको टोकेको बुझिएको छ । उनलाई यस अपराधबापत् अधिकतम १ वर्ष कैद र एक हजार अमेरिकी डलर जरिवाना हुने बताइएको छ । उनी अहिले २५ हजार डलर जमानतमा रिहा भएकी छिन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय