कोरोना भाइरसको कारण चीनको नयाँ पुस्ताको इन्टरनेट फाइभजीमा ढिलाई हुनसक्ने विश्लेषकहरुले बताएका छन् । उनीहरुले भारसको कारण चीनको राष्ट्रिय प्राथमिकतामा रहेको फाइभजीको विस्तार नै सुस्ताउने चिन्ता व्यक्त गरेका हुन् । यो खबर आजको आर्थिक अभियानले एजेन्सीको सहयोगमा लेखेको छ ।

गत नोभेम्बरमा चीनले आफ्नो समयतालिका भन्दा पहिला नै फाइभजी सुरु गरेको थियो । तर, त्यसको केही समयमा नै कोरोना भाइरसको कारण चीन समस्यामा परेको हो । चिनियाँ वित्तीय संस्था चाइना रिनाएसेन्सले चीनको फाइभजी सेवा पछाडि धकेलिन सक्ने बताएको हो । उसका अनुसार कोरोना भाइरसको कारण चीनको विभिन्न शहरमा निर्माण हुँदै गरेको बेस स्टेशन प्रभावित बन्न पुगेका छन् । यसले चीनको फाएभजी सेवामा प्रत्यक्षरुपमा असर पुगेको छ ।
सोमबार कम्पनीले सार्वजनिक गरेको एक विज्ञप्ती अनुसार चिनियाँ नयाँ वर्षको बिदा लम्बिनु र कोरोना भाइरसको प्रकोप बढ्नु फाइभजीका अवरोध हुन् । चीनले आफ्नो चन्द्रमास अनुसार मनाइने नयाँ वर्षको बिदा लम्ब्याएको छ ।
कम्पनीहरुले पनि आफ्ना कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् , त्यसले चीनको व्यावसायिक गतिविधि नै सुस्ताएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय