February 4, 2020

आकाशियो लसुनको भाउ, प्रतिकिलो २०० ले बढ्यो

सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू. २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू. ५५० पुगेको छ ।

पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । समितिका अनुसार पुस महीनामा चीनबाट २५० टन चिनियाँ लसुन आयात भएकोमा माघ महीनामा हालसम्म मात्र ९८ टन आयात भएको छ ।

गत सातादेखि आयात नै ठप्प भएकाले यसले बजारमा थप प्रभाव पार्न सक्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यो समयमा अन्यत्रबाट लसुनको आयात कम हुने भएकाले बजारमा चिनियाँ लसुन बढी हुने गर्छ । आयात यसैगरी प्रभावित भए यो मूल्य अझै बढ्न सक्ने श्रेष्ठ बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार यस आवको पहिलो ६ महीनामा चीनबाट रू. ५४ करोड ५२ लाख बराबरको  ५०७८ टन लसुन आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय