नेपाल विद्युत् प्राधिकरणले सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । हाल ६३ अर्ब रुपियाँ लागतमा ५० वटा स्टेसन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिसकिएको छ । साधारण चार्जिङ स्टेसनका लागि गरिएको यो आह्वानमा प्राधिकरणले मोटो रकम खर्च गर्दैछ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

स्टेसन आगामी चैत अन्तिमसम्म सम्झौता भई निर्माण सुरु गरिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । साधारण चार्जिङ स्टेसन पुरानो प्रविधि हो । यसमा एउटा सवारी पूर्णचार्ज गर्न कम्तीमा ६ घण्टा लाग्दछ तर सोही छ घण्टामा चार्ज हुने सवारीलाई सुपर चार्जिङले दुई घण्टामा गर्छ तर प्राधिकरणले भने साधारण चार्जिङ स्टेसन बनाउँदै छ ।
४२ किलोवाटको मेसिन राखिने चार्जिङ स्टेसनमा छ घण्टा लगाएर चार्ज गर्नुभन्दा दुई घण्टामै चार्ज हुने सुपर चार्जिङ स्टेसन बनाउन व्यवसायीको सुझाव छ । चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने, ‘प्राधिकरणले नर्मल चार्जिङ स्टेसन बनाउँदै छ त्यो पनि साह्रै महँगोमा, एउटा स्टेसन बनाउन ५० लाख खर्च लाग्दैन तर उहाँहरूले एक अर्ब रुपियाँको हिसाब गरिरहनुभएको छ/छ घण्टा चार्ज गर्नुपर्ने अवस्था अबको दुनियाँमा व्यावहारिक पनि हुँदैन ।’
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय