भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू. १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान दिने उल्लेख गरेको छ, जुन गत आवको भन्दा ३३ दशमलव ३३ प्रतिशतले कम हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आव २०२०र२१ को बजेट प्रस्तुत गर्दै नेपाललाई यतिका रकम अनुदान दिने घोषणा गरेकी हुन् । भारतले आव २०१९र२० मा नेपाललाई रू. १९ अर्ब २० करोड (१२ अर्ब भारू) अनुदान दिएको थियो । त्यस्तै, भारतले २०१८र१९ मा रू. १२ अर्ब २१ करोड (७ अर्ब ६३ करोड भारू) अनुदान दिएको थियो ।
भारतले यसरी नेपाललाई दिने यो अनुदान उसले दिने अन्य अनुदान रकमभन्दा छुट्टै हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ खर्ब भारू अनुदानलगायत अनुदान यसमा समावेश हुँदैन ।
आर्थिक मन्दी खेपिरहेको भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदानमा यो वर्ष झीनो कमी गरेको देखिएको छ । भारतले यो वर्ष त्यस्ता मुलुकलाई ६९ अर्ब ६ करोड भारू अनुदान दिएको छ । गत आवमा भारतले उक्त मुलुकहरूलाई ६९ अर्ब ६२ अर्ब भारू अनुदान दिएको थियो ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय