January 31, 2020

पाम आयलको निर्यात खुलाउन कार्यवाहक भारतीय राजदूतसँग छलफल

पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल सुरु गरेको छ । नेपालका लागि कार्यावाहक भारतीय राजदूत अजय कुमारसँग मन्त्रालयले बिहीबार पाम आयल निर्यात गर्ने विषयमा छलफल गरेको हो । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगड र मन्त्रालयका पदाधिकारीबीचमा छलफल भएको हो ।

मन्त्रालयका सहसचिव नवराज ढकालले पाम आयलको निर्यात खुलाउने विषयमा छलफल भएको जानकारी दिए । नेपालले अन्तर्राष्ट्रिय कानून बमोजिम नै भारततर्फ पाम आयल निर्यात गरिरहेको उनले जानकारी दिए ।

छलफलमा स्वदेशी उद्योगले निर्यात गर्ने पाम आयल बल्कका रुपमा नभइ सानो परिणामको प्याकेट र ३५ प्रतिशत मूल्य अभिवृद्धि गरी किासी गर्दै आएको भारतीय पक्षलाई जानकारी गराइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार भारतीय पक्षले यो विषयमा अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय