January 27, 2020

अब भन्सार जाँचपास मोबाइलबाटै

भन्सार जाँचपास प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित मोबाइलबाटै जाँचपास गर्न सकिने सुविधा थप गरिएको छ । भन्सार बिन्दुका तोकिएका कर्मचारीले प्रयोग गर्न पाउने गरी मोबाइल एपमार्फत नै जाँचपास प्रक्रिया पूरा गर्न सकिने व्यवस्था भन्सार विभागले सुरु गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो एप सर्वसाधारणले भने प्रयोग गर्न पाउने छैनन् । भन्सार अधिकृतले भन्सार परिसरमा मात्र यो एप्स प्रयोग गरेर जाँचपास गर्न सकिने सुविधा यसमा उपलब्ध छ । कम्प्युटरबाट मात्रै जाँचपास गर्नुपर्ने बाध्यतालाई यो एपले हटाउने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । भन्सार परिसरमा जहाँबाट पनि यो एप प्रयोग गरेर सजिलै जाँचपास गर्न सक्ने सुविधा थपिएको उनले बताए ।

सम्बन्धित कर्मचारीले मात्र हेर्न सक्ने यो एपमा प्रज्ञापनपत्रको सूची, सवारीको प्रवेश रुट, प्रणालीले तोकेको जाँचकी परिवर्तन जस्ता काम गर्न सकिन्छ । त्यस्तै जाँचपास सकिएपछिको जानकारी, हरियो मार्गमा पठाउने आदेश, जाँचपासपछि सवारीलाई बाहिर पठाउनका लागि सूचना दिने जस्ता काम एपमार्फत नै गर्न सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय