January 23, 2020

यी तीन चिनी मिलको बैंक खाता रोक्का गर्दै सरकार

सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाचा गरेको समयमा पनि बक्यौता भुक्तान नगर्ने अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री र लुम्बिनी चिनी उद्योगको बैंक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

मन्त्रालयका अनुसार यी तीन उद्योगको बैंक खाता रोक्का गर्न बुधवार नै आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको छ । मन्त्रालयले उखु किसानलाई दिइने भुक्तानीबाहेक अन्य सबै बैंक कारोबार रोक्का गर्न विभागलाई निर्देशन दिएको छ ।

‘यी तीन उद्योगमाथि कडा रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता देखियो । लुम्बिनी चिनी उद्योगका सञ्चालक सम्पर्कमा पनि आएका छैनन्,’ बुधवार मन्त्रालयमा गरिएको विशेष पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताए ।

उखु किसानहरूले १४ चिनी मिलबाट रू. १ अर्ब १६ करोडभन्दा बढी बक्यौता पाउन बाँकी छ । यद्यपि, स्वयम् मन्त्रालयसँगै यसबारेमा यकिन तथ्यांक भने छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय