सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालयसमेत भएको कर विवाद मुद्दाको सुनुवाईका लागि पेसी चढेको संख्या मंगलबार ५८ पुगेको छ । सूर्य नेपालले आन्तरिक राज्य विभागले तोकेको करको चित्त नबुझाई १२ थान रिट निवेदन दायर गरेको पनि १२ वर्षभन्दा बढी भइसक्यो । मंगलबार ती विवादमा सुनुवाई भएपनि अन्त्यमा सम्बन्धित निकायबाट पुनः फाइल मगाइयो । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।

ती विवाद विभिन्न मितिमा विभिन्न इजलासमा परेका भएपनि धेरैजसो त्यसको पालो नआएर सुनुवाई हुन सकेको छैन । सुनुवाईका लागि ५८ पटक पेसी चढेको भएपनि २० पटक हेर्न नभ्याइने भनि जनिएको छ ।
पक्ष र विपक्षको विवादको सुनुवाइ स्थगित गरेको संख्या ८ छ । सुनवाइ भएर आदेश गरेको संख्या ६ र हेर्न नमिल्ने न्यायाधीशकोमा ३ पटक परेको छ । ५८ पटक पेशी चढेको भएपनि अन्य विभिन्न कारणले विवादले अन्तिम निकास पाउन सकेको छैन ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय