पश्चिमी वायुको प्रभावले मङ्गलबार देशका विभिन्न स्थानमा बदली भएको छ । जसका कारण देशका केही भेगमा वर्षासहित हिमपात हुने पूर्वानुमान महाशाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमविद् मञ्जु बासीले मौसममा आएको बदलीले पश्चिमी भेगमा बढी वर्षा हुनेछ । उच्च हिमाली र पहाडी भेगमा हिमपात हुने जानकारी दिए । पूर्व र मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।
मौसममा देखिएको बदलीले काठमाडौँको आकाशमा बादल रहे पनि भारी वर्षा भने नगराउने र वर्षा भइहालेमा फाट्टफुट्ट हुने अनुमान महाशाखाकोे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशका अधिकांश भूभागमा सामान्य बदली रह्यो । पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । बुधबार मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । बिहीबार भने तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्नेछ । राति भने देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय