January 20, 2020

तरकारीको भाउ आकाशिएपछि मूल्यवृद्धि लक्ष्यभन्दा बढी

प्याजलगायत तरकारीको भाउ आकाशिएपछि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा मूल्यवृद्धि लक्ष्यभन्दा बढी अर्थात् ६ दशमलव ५५ प्रतिशत पुगेको छ । चालू आवमा मूल्य वृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्‍याउने सरकारको लक्ष्य थियो । तर, मंसीरसम्म आउँदा मूल्य वृद्धि लक्ष्यभन्दा माथि पुगेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन् ।

नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्य ९ दशमलव ७६ प्रतिशतले बढेको छ । यस समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडीमा मूल्य वृद्धि उच्च रहेको केन्द्रीय बैंकले बताएको छ ।

तरकारीमा मात्रै ४० प्रतिशतले मूल्य बढेका कारण समग्र मूल्य वृद्धिमा चाप परेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । साथै, भारतको मूल्य वृद्धि बढेका कारण नेपालमा महँगी बढेको उनको तर्क छ । भारतले चालू आवमा मूल्य वृद्धिको सीमा ४ प्रतिशत राखेको थियो । तर, भारतमा मूल्य वृद्धि ७ दशमलव ३५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय