नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन । कतिपय घटनामा ऋणभारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

यस्तै आत्महत्याका घटनाको मूल कारण ऋणभार देखाइने र यसले अनेकन विकृतिजन्य समस्या ल्याउने गरेको पाइएको छ ।
ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामूहिक आत्महत्या गरेको भनिएको छ । प्रहरी अनुसन्धानअनुसार भने सोही कारण नै हो भन्ने ठाउँ नदेखिएको बताइन्छ ।
“ब्याज तिर्न नसकी ऋणीले आत्महत्या जस्तो गलत बाटो रोज्नुपछाडि बैङ्क तथा वित्तीय संस्था दोषी देखिन्छन्”, राष्ट्र बैङ्कका प्रवक्ता डा. गुनाकर भट्ट भन्छन, “यस्ता समस्या आउन नदिन (वेस्ट इनकम टु सर्भिस रेसियो) आम्दानीको आधारमा ऋण तिर्न सक्ने अनुपात नीति लागू गरिएको छ । ” “बैङ्क तथा वित्तीय संस्था सञ्चालकहरूले भने यस नीतिको विरोध गरेका छन्”, उनले थपे, “घाँटी हेरी हाड निल्नू भनेझैँ घरजग्गा, गाडीलगायत विलासितामा ऋण दिँदा ऋणीको किस्ता तिर्न सक्ने क्षमता मूल्याङ्कन गरी ऋण प्रवाह गर्नुपर्छ । ”
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय