January 19, 2020

भारतमा आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै

अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  विजय दमासेले लेखेका छन् ।

चालू आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा आएको आर्थिक मन्दी, विप्रेषण आप्रवाहमा आएको कमी तथा कमजोर कृषि उत्पादनका कारण आर्थिक वृद्धिदर प्रभावित हुने निष्कर्ष आईएमएफले  निकालेको छ ।

आईएमएफले चालू पूँजी खातातर्फको घाटा सुधार हुनु, कर्जा प्रवाहमा सुधार देखिनु तथा विदेशी मुद्राको सञ्चिति बढ्दै स्थायित्वतर्फ अग्रसर हुनु सकारात्मक भएको टिप्पणी गरेको छ ।

राजनीतिक स्थायित्व, विद्युत् आपूर्ति तथा पुनर्निर्माण गतिविधिमा सुधारका कारण पछिल्ला केही वर्षयता नेपालको अर्थतन्त्र सकारात्मक रूपमा विस्तार भएको आईएमएफले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय