जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा लिएको हो । माइती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा लिएको हो । यो समचार नेपाल समाचारपत्रमा छ ।

विराटनगर–८ बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । विराटनगर–८ बलुवाहीकै २८ वर्षीया प्रेमदेवी साहलाई श्रीमानका परिवारले सद्गत गर्ने उद्देश्यले खोलामा पुर्याएको थियो ।
बुधबार राति कालगतिले उनको मृत्यु भएको श्रीमान पक्षले दाबी गरेपनि मृतको घाँटीमा शंकास्पद डाम देखिएपछि मृतक साहको शव प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मृतक महिलालाई जलाउनका लागि घाटमा पु¥याएर चितासमेत बनाइसकेको अवस्थामा माइती पक्षका आफन्तले मृतको घाँटीमा आलो डाम देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय