पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरूले कानुनमाथि धावा बोल्दै ठूलो संख्यामा सुुरक्षाकर्मी आफ्नो निवासमा तैनाथ गराउँदै आएका छन् । सरकारी कार्यविधिले तोकेभन्दा १० गुणासम्म सुरक्षाकर्मी राखेर उनीहरूले कानुनको धज्जी उडाउँदै आएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

यसरी कानुन मिचेर सुरक्षाकर्मी राख्ने पूर्वउपप्रधान तथा गृहमन्त्रीहरूमा कमल थापा, भीम रावल, विजय कुमार गच्छदार, रामचन्द्र पौडेल, प्रकाशमान सिह, वामदेव गौतम, कृष्णप्रसाद सिटौला, जनार्दन शर्मा, पूर्णबहादुर खड्का, गोविन्दराज जोशी, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठलगायत छन् ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई उपलब्ध गराएको सूचीअनुसार कार्य्विधिमा बढीमा तीन जना सुरक्षाकर्मी पाउने प्रावधान भए पनि अधिकांशले १० देखि २० जना सुरक्षाकर्मी राख्दै आएका हुन् ।
केहीले सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा प्रयोग गर्ने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । कार्यविधिमा पूर्वउपप्रधान तथा गृहमन्त्रीलाई पदबाट बाहिरिएको तीन वर्षसम्म सुरक्षाका लागि २ देखि ३ जना सम्म सुरक्षाकर्मी उपलब्ध गराउन सक्ने प्रावधान छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय