तपाईंलाई कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? छ भने सचेत रहनुहोला । छोटो समयमै धेरै पैसा कमाउने आसमा हुनुहुन्छ भने पछुताउनुपर्ला ! भारतमा खुलेका नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई ठग्दै आएको छ । पछिल्लो समय राम्रो रोजगारी मिलाइदिने आशा देखाएर नेपालबाट युवायुवतीलाई फकाएर भारत लैजाने घटना बढ्दै गएको छ । यो समाचार आजको राजधानी दैनिकमा एमके माझीले लेखेका छन् ।

स्थानीय प्रशासनले चासो नदिएकाले दैनिक सयौं नेपाली युवायुवती भारत पुगेर ठगिएका छन् । यसरी ठगिएका युवायुवती सुरक्षाका डरले खुलेर बाहिर आउन सकेका छैनन् । रोजगारीको लोभ देखाएर भारतसम्म पु¥याउने काम नेपालीबाटै हुन्छ ।
उनीहरुले गाउँघरका सोझा र बेरोजगार युवायुवतीलाई कपडा कम्पनीमा लुगा मिलाउने काम दिने भन्दै भारत पु¥याएर अलपत्र पार्ने गरेका छन् । भारतको सारण जिल्ला छपरास्थित माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं नेपाली युवायुवतीलाई ठगिरहेको खुलासा भएको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय