January 15, 2020

महाराजगञ्ज–सातदोबाटो मेट्रो रेलः डीपीआर बनाउन चिनियाँ कम्पनी छनोट

उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका मुख्य सडकमा बन्ने मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोट भएका छन् । पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको करीब ५ वर्षपछि रेल विभागले कुल २२ किलोमीटरमध्ये महाराजगञ्ज–सातदोबाटो रुटको डीपीआर बनाउन एक नेपालीसहित चिनियाँ कम्पनी छनोट गरेको हो । यो खबर आजको आर्थिक अभियानमा हिमा वि.कले लेखेकी हुन् ।

मेट्रो रेलको डीपीआर तयार गर्ने काम भने डेढ महीनाभित्र शुरु गरिने भएको छ । रेल विभागले तयार गरेको पूर्वसम्भाव्यता अध्ययनका आधारमा पहिलो चरणमा महाराजगञ्जदेखि सातदोबाटो खण्डको डीपीआर तयार गरिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यसैगरी बूढानीलकण्ठ–महाराजगञ्ज र सातदोबाटो–खोकना खण्डमा पनि सम्भाव्यता अध्ययन गरिने उनले जानकारी दिए ।

उक्त मेट्रो रेल बूढानीलकण्ठदेखि महाराजगञ्ज–रत्नपार्क हुँदै सातदोबाटो–खोकनासम्म पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय