January 14, 2020

चाकुले तताउँछ जाडोमा शरीर

नेवार समुदायमा ‘घ्यू चाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउने गरिए पनि अब यो सबैको साझा भएको छ । माघको पहिलो दिन विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु खाएर मनाइन्छ । टोखाको प्रसिद्ध चाकुले माघे सङ्क्रान्तिमा विशेष महत्त्व राख्ने गरेको छ । चाकुसँग घ्यू, तिलको लड्डुसँगै अनेक परिकार बनाएर खाने प्रचलन छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Chaku_Making_photo_story__19_ZMSrb53QTd

माघे सङ्क्रान्ति मनाउनुको वैज्ञानिक कारण रहेको संस्कृतिविद्को भनाइ छ । संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार माघ महिनाको चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

उनले माघे सङ्क्रान्तिमा काँचो घ्यू र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति प्राप्त हुने जानकारी दिँदै भनेन्नुभयो, “अहिलेजस्तो लुगाको सहज अवस्था त्यति बेला थिएन । जाडो मौसममा मानिस चाकु प्रयोग गरेरै शरीर तातो बनाउँथे । ”

नेवार समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाइने गरिन्छ । वज्राचार्यले थपे, “आमाको हातबाट टाउकोमा तेल लगाइन्छ । त्यसो गर्दा टाउको कहिल्यै पनि नदुख्ने मान्यता रहिआएको छ । ”

टोखाका चाकु उत्पादक राजकुमार श्रेष्ठलाई माघे सङ्क्रान्तिका लागि चाकुको माग धान्न भ्याइनभ्याइ छ । उनीहाँ भन्छन्, “चाकु बनाउ १५ दिन अघिबाटै व्यस्त हुनुपर्छ । ” श्रेष्ठका अनुसार पहिले साधारण चाकुको मात्रै माग थियो । अहिले मसलादार र ‘स्पेसल’ चाकुको माग बढेको छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । विशेषमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । यसले सामान्यभन्दा विशेष चाकुको मूल्य अलि महँगो हुने श्रेष्ठले जानकारी दिए ।

यता पोषणविद् डा. अरुणा उप्रेतीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने जानकारी दिइन् । उनी बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने सुझाव दिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स