नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ । राधा चालिसेले यो समाचार आजको गोरखापत्र दैनिकमा लेख्नुभएको छ ।

गत असोजदेखिको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थलमा असोजमा दुई हजार ३७ ग्राम तस्करीको सुन पक्राउ परेको थियो । सो महिनामा सुनको मूल्य न्यूनतम ७१ हजार तीन सय रुपियाँदेखि अधिकतम ७१ हजार आठ सय रुपियाँ पुगेको थियो ।
त्रिभुवन विमानस्थल भन्सार विभागका प्रमुख राजकुमार अधिकारी नेपाली बजारमा मूल्य बढ्न थालेपछि तस्करी सुन बढी भित्रन खोज्ने प्रवृत्ति देखिएको बताउँछन् । विभिन्न मुलुकबाट नयाँनयाँ तरिका अपनाउँदै सुन तस्करी गर्नेहरूमा चिनियाँ र भारतीय नागरिकहरूको बढी संलग्नता रहने गरेको देखिएको उनको भनाइ छ ।
त्यस्तै वैदेशिक रोजगारीमा लामो समय बसेर स्वदेश फर्किने केही नेपालीलाई पनि तस्करहरूले भरियाका रूपमा प्रयोग गर्ने गरेको पाइएको प्रमुख अधिकारीले बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय