सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।

बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान बज्ने रोगमा प्रभावकारी हुन्छ । नौ वर्षको उमेरमा शाक्यले बाजेबाट सिकेर उपचार पद्धति थालेको ३७ वर्ष भइसक्यो । उनी भन्छन्, ‘‘यो झन्डै १८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीले अलिकति विश्वास लिए निको हुन्छ ।’’
उहाँले सङ्गीत चिकित्साको प्रयोगबाट टाउकाको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुने जानकारी दिए । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थी उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ ।
सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको सङ्गीत सुनाएर दुवै खाले शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिने शाक्यले बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय