January 9, 2020

एक वर्षमा ८० प्रतिशत आयोजना सम्पन्न गरिने

सार्वजनिक खरिद नियमावली २०६४ को नवौँ संशोधन गरेर निर्माण सम्झौताको म्याद एक वर्ष थप भएपछि २५ सय रुग्ण आयोजनामध्ये ८० प्रतिशत सम्पन्न हुने भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

थपिएको एक वर्षमा २८ सय आयोजनामध्ये ८० प्रतिशत सम्पन्न गरिने महासङ्घको प्रतिबद्धता रहेको छ । महासङ्घले संशोधनलाई सकारात्मक रूपमा लिएको भन्दै अध्यक्ष रवि सिंहले भने, “नवौँं संशोधनले म्याद सकिएर वा विभिन्न कारणले अलपत्र भएका आयोजनामा निर्माण व्यवसायीलाई थप एक वर्ष्भित्र काम सम्पन गर्ने अवसर दिनु अत्यन्त सकारात्मक कदम हो, हामी एक वर्षमा धेरै आयोजना सम्पन्न गर्ने छौँ ।”

एक वर्ष्भित्र रुग्ण आयोजना सम्पन्न गर्न ७७ जिल्लाका निर्माण व्यवसायीलाई महासङ्घले निर्देशन दिएको छ । नवौँ संशोधनले क्रेडिट लाइनको व्यवस्थालाई सहज बनाएको छ ।

व्यवसायीले बोलपत्र हाल्ने समयमै व्यवसायीसँग भएको आफ्नो पुँजी स्रोत देखाउनुपथ्र्यो तर अब स्वघोषणा गरे हुने भएको छ ।

महासचिव रोशन दाहालको भनाइ छ, “क्रेडिट लाइन जो व्यवसायीको आर्थिक क्षमता वा व्यवसायीसँग भएको पुँजी देखाउने कुरा हो, त्यसमा ठूलो धनराशि बैङ्कलाई कमिसन बुझाउनुपर्ने अवस्था थियो, अब त्यो सहज भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय