नेपाल सरकारले पहिलो पटक सुरु गरेको सगरमाथा मापनको स्थलगत काम सम्पन्न भएको छ । सम्पूर्ण तथ्याङ्क प्रशोधन गर्न भने अझै तीन महिना लाग्नसक्ने अनुमान छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सन् २०१९ को डिसेम्बरसम्म सगरमाथाको उचाइ नै सार्वजनिक गर्ने योजनाका साथ नापी विभागले काम सुरु गरेको थियो । गत असारसम्म फिल्डको काम सक्ने तालिका रहेकोमा पुस पहिलो हप्ता मात्र फिल्डको काम सकिएको हो ।
दुई वर्षअघि बङ्गालको समुद्री सतहको बिन्दुलाई आधार मानेर सगरमाथा मापनको काम सुरु गरिएको थियो । धनुषा, सिरहा, सप्तरी, महोत्तरी, उदयपुर, सिन्धुली, भोजपुर, खोटाङ, रामेछाप, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र दोलखा जिल्लामा मापनको काम गरिएको हो ।
नापी विभागका सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले वर्षाका कारण नियमित काम गर्न नपाउँदा समयमा काम सम्पन्न गर्न नसकेको बताए । उनले भने, “मौसम प्रतिकूल हुँदा दुई पटक काम अवरुद्ध भयो । ”
तथ्याङ्क सङ्कलन भएको कम्तीमा छ महिनाभित्र प्रशोधनको काम सकिने अनुमान गरिएको थियो । उनले सुरुदेखि तथ्याङ्क सङ्कलन र प्रशोधनको काम सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै चाँडै काम सक्ने बताए। ग्य्राभिटी सर्भे र ट्रिगोनोमेटिक लेभलिङ विधिबाट सगरमाथा मापन गरिएको हो । हिमाली क्षेत्रमा अनुकूल मौसममा मात्र काम गर्नुपर्छ । ट्रिगोनोमेटिक लेभलिङ विधिले सगरमाथा क्षेत्रका १२ बिन्दुबाट चुचुरोसम्म पुगी मापन गरिएको थियो ।
जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगी नापी विभागको टोलीले यसको मापन गरेको थियो । चुचुरोमा एक घण्टा १६ मिनेट मेसिन राखी मापन गरिएको थियो । मापन गर्न जीएनएसएस रिसिभर र जीपीआर मेसिन लगिएको थियो ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय